२०८३ साउन २१ गते बिहीबार

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले ग¥यो स्वागत

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले ग¥यो स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २८ गते शनिबार ०९:२६

‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

पोखरा ।

नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ २८ गते शनिबार ०९:२६
हजुरको प्रतिक्रिया