२०८३ साउन २१ गते बिहीबार

आज राष्ट्रिय बाल दिवस

आज राष्ट्रिय बाल दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २९ गते आइतबार ०९:०७

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटेर सर्वांगीण विकासको प्रत्याभूत गरेको छ ।

पोखरा ।

आज राष्ट्रिय बाल दिवस, र विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बालकालिकामा लगानी : सुनिश्चित भविषयको थालनी’ नारासहित ६१ औँ बाल दिवस मनाउन लागिएको हो।

नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो ।

यसै अनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो ।

राष्ट्रिय बाल दिवस २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाइन्थ्यो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो ।

पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थाल्यो ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटेर सर्वांगीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् ।

बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुव्र्यवहार रोक्नु सम्बन्धित सरोकारवालाको दायित्व रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०९:०७
हजुरको प्रतिक्रिया