२०८३ साउन २१ गते बिहीबार

दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०७:५७


विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

काठमाडाै‌ ।

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०७:५७
हजुरको प्रतिक्रिया