२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १ गते बुधबार ०९:१३

अन्तरिम मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति अथात् गएराति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन् ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

अन्तरिम मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति अथात् गएराति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले हिजो एक सूचना जारी गरी मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभाले सूचना निकालेर राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०९:१३
हजुरको प्रतिक्रिया