तनहुँ
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले डायलासिस सेवा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले यो हप्तादेखि दुई सिफ्टमा सेवा दिन थालेको हो ।
अब हप्तामै ३० जना मृगौलाका बिरामीले डायलासिस सेवा पाउने अस्पतालका कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले बताए ।
३० जना बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनेछन् । पहिला एक सिफ्टमा चल्दा १५ जना बिरामीले हप्तामा दुई पटक डायलासिस सेवा लिदै आइरहेका थिए । जनशक्तिको व्यवस्थापन भएमा तीन सिफ्टमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
अस्पतालको हेमो डायलासिस युनिटमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा बैशाख तेस्रो सातादेखि हेमो डायलासिस युनिट सञ्चालनमा ल्याइएको हो ।
तनहुँमा जिपीसँगै प्रदेश अस्पताल दमौलीमा पनि डायलासिस सेवा उपलब्ध छ ।
प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार ०७:३९