२०८३ साउन २१ गते बिहीबार

नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको आग्रह

नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ४ गते शनिबार १०:१४

भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न सुझाव दिएको छ ।

पोखरा ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण नेपालमा सिर्जित परिस्थिति देखाउँदै भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले परिस्थिति सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको भएपनि सतर्कता अपनाउन दूतावासद्वारा जारी एड्भाइजरीमा भनिएको छ ।

सडकमार्ग हुँदै आवागमन र उडानहरू नियमित रूपमा चलिरहेका छन् ।

यद्यपि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न दुतावासले सुझाव दिएको छ ।

भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति २०८२ असोज ४ गते शनिबार १०:१४
हजुरको प्रतिक्रिया