२०८३ साउन २१ गते बिहीबार

बागलुङको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

बागलुङको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असोज ६ गते सोमबार ०६:२५

मालढुङ्गामा स्थापना गरिएको यात्रु सहायता कक्ष शुक्रबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गरेका हुन् ।

बागलुङ ।

दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बागलुङले यात्रु सहायता कक्षा स्थापना गरेको छ ।

चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकाम बागलुङ बजारसहित चार स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिए ।

उनकाअनुसार बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा, ट्राफिकचोक, गलकोट र बुर्तिबाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

मालढुङ्गामा स्थापना गरिएको यात्रु सहायता कक्ष शुक्रबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गरेका हुन् ।

यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने ट्राफिक प्रमुख कुँवरले बताए ।

प्रकाशित मिति २०८२ असोज ६ गते सोमबार ०६:२५

हजुरको प्रतिक्रिया