२०८३ साउन २१ गते बिहीबार

पोखरामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

पोखरामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ७ गते मंगलबार ०७:१४

चाडपर्वमा उपभोक्तालाई केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गरिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

पोखरा ।

पोखरा महानगरपालिकाले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले असोज ७ गतेदेखि पोखरा–८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्य पसलको पोखरा महानगरपालिका वडानम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले सुभारम्भ गरे । दशैं तिहार र छठ पर्व सम्म यो बजार सञ्चालन हुनेछ । उपभोक्ताले सहज रुपमा सुलभ मुल्यमा दैनिक उपभोग्य खाद्यान्न खरिद गर्न सकुन भन्ने हेतुले सुपथ मूल्य पसल सञ्चालन गरिएको वडाध्यक्ष बरालले बताए ।

महानगरले गत वर्षबाट पोखरा ८ मा रहेको श्री कम्प्लेक्स प्रालिमा रैथान पसलमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पसल बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन हुनेछ ।

चाडपर्वमा उपभोक्तालाई केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गरिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

सुपथ मूल्य पसलमा चिनी, नुनु, तेल, पीठो, मैदा, चामल लगायतका २० प्रकारका बस्तु विक्री गरिने छ । साल्ट ट्रेडिङ र खाध्य संस्थान पनि पोखरामा बिक्री केन्द्र सञ्चालन गदै आएको छ । भने महानगरले पनि उपभोक्तालाई राहत पुगोस भनेर पसल सञ्चालनमा ल्याएको जनाएको छ । पोखरा महानगरले गण्डकी प्रदेश आसपासका जिल्लामा उत्पादित रैथाने उत्पादानलाई बिक्रीका लागि रैथाने बजार बर्षभरी नै नियमित रुपमा सञ्चालन गरिहेको छ ।

प्रकाशित मिति २०८२ असोज ७ गते मंगलबार ०७:१४

हजुरको प्रतिक्रिया