२०८३ साउन २१ गते बिहीबार

रुपा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन

रुपा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ८ गते बुधबार ०६:५३

अनुगमनको क्रममा गाउँपालिका र कर कार्यालयमा व्यवसाय दर्ता नभएको, नविकरण नगरिएको पाइएको थियो ।

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाले चाड पर्व नजिकिएसँगै बजार अनुगमन थालेको छ ।

दैनिक उपभोग्य बस्तु लगायतका कारोवार गर्ने पसलमा अनुगमन गर्न थालिएको हो । २ टोली गठन गरी विशेष बजार अनुगमन गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । अध्यक्ष नवराज ओझा , उपाध्यक्ष लालसुबा गुरुङ र प्रमुख प्रसाशकिय अधिकृत चिरञ्जीवी बरालले अनुगमनको नेतृत्वमा अनुमन थालिएको हो ।

साधारणतया चाडपर्वलाई केन्द्रीत गरेर पालिकाले अनुगमनलाई तिव्रता दिए पनि वर्षको २ पटक बजार अनुगमन गर्ने गरेको अध्यक्ष ओझाले बताए । पालिकाको टोलीले खाद्यान्न, लत्ताकपडा, होटल र माछामासू पसलमा अनुगमन गरेको थियो ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका गुनासो उपभोक्ताले गर्ने गरेका छन् । अनुगमनलाई निरन्तता दिदा बजारमा सकारात्मक प्रभाव पदैँ गएको पाइएको छ । विगत वर्षमा म्याद गुज्रेका सामान धेरै भेटिने गरे पनि पछिल्ला वर्षहरुमा यसको मात्र घट्दै गएको अनुगमनमा पाइएको छ ।

मासु पसलमा सरसफाई, मुल्यसूची राख्न र म्याद गुज्रेका सामान भए अलग्गै राखेर फिर्ता गर्न व्यवसायीलाई सुझाव दिइएको अनुगमनका खटिएका अधिकांश पसलमा मुल्यसूची राखेको पाइएन । उनीहरुलाई म्याद गुज्रेका बस्तु विक्री नगर्न, व्यवसाय दर्ता गर्न र मुल्य सूची राख्न सचेत गरिएको छ ।

अनुगमनको क्रममा गाउँपालिका र कर कार्यालयमा व्यवसाय दर्ता नभएको, नविकरण नगरिएको पाइएको थियो । उनिहरुलाई दर्ताका लागि सचेत गरिएको छ । स्थायी लेखा नम्बर नलिएका व्यवसायीलाई स्थायी लेखा नम्बर लिएर व्यवसाय गर्न आग्रह गरिएको छ ।

बुधबार र विहिबार पालिकाका मुख्य बजारमा अनुगमन गरिएको थियो भने अनुगमनमा सम्बन्धीत वडाका वडाध्यक्ष समेत सहभागी भएका थिए ।

प्रकाशित मिति २०८२ असोज ८ गते बुधबार ०६:५३
हजुरको प्रतिक्रिया