काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान र अवतरण नियमित हुन थालेका छन् ।
लगातारको वर्षाले शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहान शुरु भएको हो ।
वर्षा कम भएर आकाश खुल्न थालेको र मौसम अनुकुल रहेका स्थानमा आन्तरिक उडान गर्न थालेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्रतिकूल मौसमका कारण हिजोदेखि आन्तरिकतर्फका उडान रोकिएका थिए । अन्तर्राष्ट्रिय उडानहरु पनि डाइभर्ट भएका थिए ।
पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण नियमित भैरहेका विमानस्थलले जनाएको छ ।
बुद्ध एयर र यति एयरले काठमाडौं भद्रपुर, विराटनगर र पोखराको उडान भरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
अन्य क्षेत्रमा पनि मौसम अनुकुल रहेको जानकारी आएसँगै उडान शुरु गरिएको कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान शनिबार बेलुकीदेखि नै नियमित छ ।
प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०९:२०