२०८३ साउन २१ गते बिहीबार

केपी ओलीलाई छोयो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्नेछः खगराज अधिकारी

केपी ओलीलाई छोयो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्नेछः खगराज अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २२ गते बुधबार ०६:२१

‘जेन–जी आन्दोलनमा चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्’

काठमाडौं

नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरे कास्कीबाट सबैभन्दा ठूलो जुलुस निस्कने बताएका छन् ।

एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले समूद्रपारीका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार एमाले हुन नसक्ने उल्लेख गरे । ‘समूद्रपारीका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमालेका कार्यकर्ता हुन सक्दैनन् ।

केपी ओलीलाई छोयो भने, गिरफ्तार ग¥यो भने कास्की सबैभन्दा ठूलो जुलुस निकाल्नेछ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ,’ उनले भने, उनले थपे, ‘यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’

पूर्वमुख्यमन्त्री अधिकारीले भदौं २३ र २४ गते भएको जेन—जी आन्दोलनमा चारवटै सुरक्षा निकायका व्यक्तिहरु विकेको आरोप लगाए । ‘चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन् । त्यसकारण यो घटना भयो,’ उनले भने ।

प्रकाशित मिति २०८२ असोज २२ गते बुधबार ०६:२१
हजुरको प्रतिक्रिया