२०८३ साउन २१ गते बिहीबार

जेनजी आन्दोलनबाट पोखरा महानगरमा २ अर्ब बढीको क्षति 

जेनजी आन्दोलनबाट पोखरा महानगरमा २ अर्ब बढीको क्षति 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार ०६:१८

जेनजी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो ।

पोखरा ।

जेनजी आन्दोलनबाट पोखरा महानगरपालिकामा २ अर्ब बढीको क्षति भएको पाइएको छ ।

आन्दोलनपश्चात् उत्पन्न परिस्थितिका विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सल्लाहकार परिषद्सँगको छलफलमा २ अर्ब बढी क्षति भएको बताएका हुन् । जेनजी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो ।

सोही विषयमा पोखरा महानगरपालिका सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा यस क्षेत्रका लब्धप्रतिष्ठीत व्यक्तिहरू सम्मिलित परिषद्सँग मेयर आचार्यले छलफल गरेका हुन् । छलफलमा प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा छलफल भएको मेयर आचार्यले बताए ।

छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई चुस्त, छरितो र पारदर्शी बनाउने सम्बन्धमा विज्ञहरुले सुझाव दिएका छन् । सो अवसरमा नगर प्रमुख आचार्यले आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिका विषयमा जानकारी गराएका थिए ।

असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखाहरू रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको मेयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०६:१८
हजुरको प्रतिक्रिया