काममा ‘ओभरलोड’ भएको र त्यस अनुसारको पारिश्रमिक नपाएको गुनासो
पोखरा ।
तलब बृद्धिलगायत माग राखेर आन्दोलित मणिपाल शिक्षण अस्पतालका नर्सले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
अस्पतालमा कार्यरत नर्सहरू शनिबार साँझदेखि आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शन गरेका हुन् । ६ दिन देखि उनिहरु आन्दोलनमा छन् ।
अस्पतालको काममा ‘ओभरलोड’ भएको र त्यस अनुसारको पारिश्रमिक नपाएको उनिहरुको भनाई छ । आन्दोलित नर्सहरु अस्पताल व्यवस्थापनले ७ दिनभित्र तल बृद्धि गर्ने आश्वासन दिएपछि सोमबारदेखि नियमित काममा फर्किएका थिए । शुक्रबारसम्म अस्पताल प्रशासनले कुनै निर्णय नगरे पछि उनिहरुले दबामुलक कार्यक्रम भने निरन्तर गरिरहेका छन् । आफुहरु नर्स रहेको तर मेसिन नभएको भन्दै नर्सहरुले नाराबाजी गरेका थिए ।
सरकारले श्रमिकहरूका लागि तोकेको न्यूनतम पारिश्रमिक १९ हजार तीन सय समेत नपाएको, यसअघि रहेको सात घण्टाको समय बढाएर काम गर्ने समय आठ घण्टा बनाएको भन्दै अस्पतालमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् ।
यस्तै वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदा लगायतका अन्य बिदाहरू कटौती गरिएकोमा पनि उनीहरुको असन्तुष्टि छ ।
प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०८:२३




