२०८३ साउन २१ गते बिहीबार

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २७ गते सोमबार ०७:५५

सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि तत्काल अनुसन्धानको काम अघि बढाउनु पर्ने बताए।

काठमाडौं

नेपाली कांग्रेसमा आवद्ध विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले पनि लिनुपर्ने बताए।

जेन–जी आन्दोलनको पहिलो दिन २३ मा धेरै मानवीय क्षति भएपछि नेविसंघले तत्कालै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको उनले दावी गरे।

अध्यक्ष शेर्पाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई समेत अनुसन्धानको दायरामा ल्याउन माग गरे।

जेन–जी आन्दोलनको नेतृत्वकर्ताका रूपमा बालेन देखिएको भन्दै उनले सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि तत्काल अनुसन्धानको काम अघि बढाउनु पर्ने बताए।

नेविसंघले जेन–जी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै नेविसंघले बेवास्ता गरिए प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०७:५५
हजुरको प्रतिक्रिया