२०८३ साउन २१ गते बिहीबार

सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरु आन्दोलित

सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरु आन्दोलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २७ गते सोमबार ०८:३०

अस्पतालका मेडिकल डाइरेक्टर अभिषेक मास्केले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आज पनि आन्दोलन जारी राखेका छन् ।

सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् ।

जुन सरकारी मापदण्डभन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् ।

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् ।

बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ ।

नर्सहरूले सम्मानजनक तलव, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ । यता अस्पतालका मेडिकल डाइरेक्टर अभिषेक मास्केले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

उनले अस्पतालका कमजोर आर्थिक अवस्थाका बाबजुद गण्डकी प्रदेशमध्ये सबैभन्दा राम्रो सेवासुविधा दिने प्रयास गरेका उल्लेख गरे ।

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०८:३०
हजुरको प्रतिक्रिया