२०८३ साउन २१ गते बिहीबार

जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन्ः प्रहरी महानिरीक्षक खापुङ

जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन्ः प्रहरी महानिरीक्षक खापुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक ९ गते शनिबार ११:०४

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए ।

काठमाडौं ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताएका हुन् ।

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए ।

जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उनले प्रष्ट पारे ।

प्रहरी महानिरीक्षक खापुङले जेन—जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको बताए ।

उनले भने,‘जेन—जी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । र त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरु दण्डित हुनुपर्छ । उनीहरु क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरु सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर प्रहरीको मनोवल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनैपनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’

प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरे ।

प्रकाशित मिति २०८२ कात्तिक ९ गते शनिबार ११:०४
हजुरको प्रतिक्रिया