२०८३ साउन २१ गते बिहीबार

पाल्पामा सडकबाट खोल्सामा गाडी खस्दा ३ जनाको मृत्यु

पाल्पामा सडकबाट खोल्सामा गाडी खस्दा ३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १३ गते बुधबार ०५:१४

अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौ

पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् ।

आज बुटवलबाट पाल्पाको रैनादेवी छहराको मेहलढापतर्फ गुडीरहेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट झन्डै दुई सय मिटर तल खोल्सामा खसेको छ ।

अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १३ गते बुधबार ०५:१४
हजुरको प्रतिक्रिया