२०८३ साउन २१ गते बिहीबार

मौसममा आजदेखि सुधार, केही ठाउँमा भने पानी पर्ने सम्भावना

मौसममा आजदेखि सुधार, केही ठाउँमा भने पानी पर्ने सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १७ गते आइतबार ०९:१५

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

पोखरा ।

मौसममा आजदेखि थप सुधार हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसम क्रमिक सुधार हुँदै गएकोमा आज थप सुधार हुनेछ ।

तर बंगालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भागमा मौसम बदली भए पनि बाँकी भागमा भने आज मौसम सफा रहने अनुमान छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

यसपालि कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ ।

हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा पनि प्रभावित बनेको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०९:१५
हजुरको प्रतिक्रिया