२०८३ साउन २१ गते बिहीबार

पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारी तत्काल हटाउन वायुसेवा निगमलाई प्रधानमन्त्री कार्कीको निर्देशन

पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारी तत्काल हटाउन वायुसेवा निगमलाई प्रधानमन्त्री कार्कीको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १७ गते आइतबार ०७:१९

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न उनको निर्देशन छ ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न उनको निर्देशन छ ।

अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनले जिकिर गरिन् ।

कार्यक्रममा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्शानीमा रहेको विवरण प्रश्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानूनी दबाव नसुन्न पनि सुझाव दिइन् । निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन् ।

प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०७:१९
हजुरको प्रतिक्रिया