२०८३ साउन २१ गते बिहीबार

जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १८ गते सोमबार ०८:१६

प्रवक्ता खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए ।

काठमाडौं ।

सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा गरकोे छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेन जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।

प्रवक्ता खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए । विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको उनले उल्लेख गरे ।

‘जेनजी’ आन्दोलनका क्रममा कास्कीमा घाइते भएका ९२ जनामध्ये हालसम्म जम्मा ८ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते नै आन्दोलनका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च लिन सार्वजनिक रूपमा सूचित गरेको थियो ।

गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीका आधारमा कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए । घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत २० हजार उपलब्ध गराइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १८ गते सोमबार ०८:१६
हजुरको प्रतिक्रिया