२०८३ साउन २१ गते बिहीबार

यथार्थको नेपाल बनाउन मतदाता परिचय पत्र बनाउन प्रधानमन्त्री कार्कीको आह्वान

यथार्थको नेपाल बनाउन मतदाता परिचय पत्र बनाउन प्रधानमन्त्री कार्कीको आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २२ गते शुक्रबार ०६:५५

समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको उनको भनाइ छ ।

काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यथार्थको नेपाल बनाउनका लागि मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन् ।

शुक्रवार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी हुन् ।

उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मुलभुत साधनहरु भएको र ति साधनहरु विवेक र मतदान भएको उल्लेख गरिन् ।

आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि प्रतिनिधि बन्न उनले आग्रह गरिन् । समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने उल्लेख गरिन् ।

उनले मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर मतदाता परिचय पत्र बनाउन पनि आग्रह गरेकी छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २२ गते शुक्रबार ०६:५५
हजुरको प्रतिक्रिया