२०८३ साउन २१ गते बिहीबार

नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरीः प्रधानमन्त्री कार्की

नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरीः प्रधानमन्त्री कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २३ गते शनिबार ०८:१४

प्रधानमन्त्री कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाइन् ।

काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको बताइन् । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको उनले जिकिर गरिन् ।

उनले निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भुुमिका हुने भन्दै डराउने नभइ आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरिन् । प्रधानमन्त्री कार्कीले आज भन्दा भोलि राम्रो बनाउने उद्देश्यका साथ सबैले हातेमालो गरेर देश बनाउन लाग्नुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाइन् । उनले ‘सुशासन कुनैपनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको उल्लेख गरिन् । रा

जकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग रहेको उनले पनि उल्लेख गरिन् ।

सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको सरकार लागेको जिकिर गरिन् । प्रधानमन्त्री कार्कीले उद्योग व्यवसाय बनिा देश नबन्ने भन्दै उद्योगीको मनोबल नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताएकी छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २३ गते शनिबार ०८:१४
हजुरको प्रतिक्रिया