२०८३ साउन २१ गते बिहीबार

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयमा सम्पन्न हुनेपर्ने भन्दै पोखरामा बृहत् भेला सम्पन्न

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयमा सम्पन्न हुनेपर्ने भन्दै पोखरामा बृहत् भेला सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २७ गते बुधबार ०७:५६

भेलाको संयोजन गरेका श्रेष्ठले क्रियासिल सदस्यताको टुन्गो नलाग्दै महाधिवेशनको मितिको विषयमा विवाद गर्नु उपयुक्त नभएको बताए ।

पोखरा ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयमा सम्पन्न हुनेपर्ने भन्दै पोखरामा बृहत् भेला सम्पन्न भएको छ । विशेष महाधिवेशनको विपक्षमा उभिएकाहरु गण्डकी प्रदेश समितिका उपसभापति मेखलाल श्रेष्ठको नेतृत्वमा पोखराको एक होटलमा जम्मा भएका थिए ।

नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर आन्तरिक किचलो बढिरहेको बेला उनिहरुले महाधिवेशनको मितिलाई लिएर पार्टीमा विवाद गर्न नहुने विचार राखेका थिए ।

भेलाको संयोजन गरेका श्रेष्ठले क्रियासिल सदस्यताको टुन्गो नलाग्दै महाधिवेशनको मितिको विषयमा विवाद गर्नु उपयुक्त नभएको बताए ।

भेलामा सहभागिले महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलिको आलोचना गरेका थिए । उनिहरुले सभापति हस्पिटलमा भएको बेला विशेष महाधिवेशनको हस्ताक्षर चलाएको भन्दै कसैले हतार गदैँमा महाधिवेशन नहुने तर्क गरे । नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले निर्वाचनमा केन्द्रीत हुनुपर्ने बेलामा महाधिवेशनको कुरा गर्नु सान्दर्भीक नभएको बताए ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा सदस्य, स्थनीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कांगे्रेस केन्द्रीय समिति बैठक काठमाडौँमा चलिरहदा पक्ष विपक्षमा कार्यकर्ता विभाजन भएका छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २७ गते बुधबार ०७:५६
हजुरको प्रतिक्रिया