२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिका–१३ आर्बामा महाप्रभुधाम आर्बा महोत्सव हुँदै

पोखरा महानगरपालिका–१३ आर्बामा महाप्रभुधाम आर्बा महोत्सव हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २८ गते बिहीबार ०८:०९

प्रतियोगितामा सहभागी हुन मंसिर १ गतेसम्म नाम दर्ता गर्न सकिनेछ ।

पोखरा ।

पोखरा महानगरपालिका–१३ आर्बामा महाप्रभुधाम आर्बा महोत्सव हुने भएको छ ।

श्रीमहाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समितिको आयोजनामा मंसिर ३ गते बाला चतुर्दशी (सतबीज ) छर्ने दिन एक दिने महोत्सव हुन लागेको हो ।

‘आर्वा महाप्रभुधाम जाऔं, सतबीज छर्दै भजन कीर्तनमा रमाऔं’ भन्ने नाराका साथ आयोजित महोत्सवको मुख्य आकर्षण समूहगत राष्ट्रिय खुला भजन चुड्का प्रतियोगिता हो ।

प्रतियोगितामा विजेता हुने टोलीले ५० हजारसहित प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुने टोलीले ३० हजार, तेस्रो हुने टोलीले १५ हजार सान्त्वना हुने टोलीले ५ हजारसहित प्रमाणपत्र पाउनेछन् ।

उक्त प्रतियोगितामा सहभागी हुन मंसिर १ गतेसम्म नाम दर्ता गर्न सकिनेछ ।

सहभागी हुने सबै समुहहरुलाई प्रोत्साहन स्वरुप दुई हजार रुपयाँ प्रदान गरिने श्रीमहाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगितासहित महाआरती लगायतका विभिन्न धार्मिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने छन् ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मंसिर एक गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिदै छ । पोखरा १३ काहुँखोलाबाट शुरू हुने प्रभातफेरी पोखराका विभिन्न स्थानको परिक्रममा पछी पुनः काहुँखोलामा पुगी समापन हुनेछ ।

आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गरेकाले यहाँको गरिमा बढेको किम्बदन्ती रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार ०८:०९
हजुरको प्रतिक्रिया