२०८३ साउन २१ गते बिहीबार

नेपाल स्काउटसँग आफू नजोडिएको पूर्वमन्त्री दीपक खड्कको स्पष्टिकरण

नेपाल स्काउटसँग आफू नजोडिएको पूर्वमन्त्री दीपक खड्कको स्पष्टिकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २९ गते शुक्रबार ०८:०७

चार वर्ष अगाडि नै कम्पनीबाट आफू अलग भएको दाबी

काठमाडौं ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिएका छन्

शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वमन्त्री खड्काले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि चार वर्ष अगाडि नै कम्पनीबाट आफू अलग भएको दाबी गरेका हुन् ।

उनले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएपनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडी नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको जिकिर गरे ।

खड्का ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उनले आपत्ति समेत जनाए ।

प्रकाशित मिति २०८२ कात्तिक २९ गते शुक्रबार ०८:०७
हजुरको प्रतिक्रिया