२०८३ साउन २१ गते बिहीबार

नेकपा एमाले बागलुङले शनिबार जागरण सभा सम्पन्न

नेकपा एमाले बागलुङले शनिबार जागरण सभा सम्पन्न

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ कात्तिक ३० गते शनिबार ०८:०३

केन्द्रीय सदस्य मना केसीले लुटिएका हतियारहरु फिर्ता नभएको भन्दै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन भन्दा पनि बिगार्न लागेको बताइन् ।

बागलुङ ।

नेकपा एमाले बागलुङले शनिबार जागरण सभा सम्पन्न गरेको छ । पार्टी कार्यालय गुठीबाट बाइक ¥यालीसहित बजार परिक्रमा गरि लोकतान्त्रिकचोकमा कोण सभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताहरुले जेनजी आन्दोलन भ्रष्ट्राचारको अन्त्य र सुशासनको प्रत्याभूतिका लागि आन्दोलन गरेको तर आगजनी, लुटपाटका लागि नभएको बताए । आन्दोलनले स्वदेश तथा विदेशका शक्ति केन्द्रहरुले देशमा अराजकता मच्चाएको उनीहरुको भनाइ छ ।

जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विरोध गर्दै त्यस्तो कार्यमा सग्लन्न हुनेलाई सुरक्षा निकायले अझै पनि कारबाही नगरेको उनीहरुले जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिट ब्यूरो सदस्य लिलबहादुर थापाले राष्ट्रवादी नेतालाई अहिले चौतर्फी आक्रमण भईरहेको भन्दै देशलाई समृद्ध बनाउने केपी ओलीको सपनामा देशी विदेशी शक्तिले आन्दोलनमा घुसपैठ गरेको दाबी गरे ।

केन्द्रीय सदस्य मना केसीले लुटिएका हतियारहरु फिर्ता नभएको भन्दै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन भन्दा पनि बिगार्न लागेको बताइन् । सरकारका निर्णयहरुका कारण निर्वाचन हुन नसक्ने उनले जिकीर गरिन् ।

अहिले देशमा सुशासन, शान्ति हुनुको सट्टा अराजकता र नागरिक आतंकित हुने गतिविधि भइरहेको उनले बताइन् ।

प्रकाशित मिति २०८२ कात्तिक ३० गते शनिबार ०८:०३
हजुरको प्रतिक्रिया