२०८३ साउन २१ गते बिहीबार

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा विशेष भेला सम्पन्न

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा विशेष भेला सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक ३० गते शनिबार ०८:०४

सभामा प्रदेश, जिल्ला र स्थानीय तह समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा विशेष भेला सम्पन्न भएको छ ।

मुलुकको वर्तमान परिस्थिति, नेपाली कांग्रेसको जिम्मेवारी र १५ औँ महाधिवेशन सम्बन्धमा भेलाको आयोजना गरिएको हो ।

सभामा प्रदेश, जिल्ला र स्थानीय तह समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भेलामा बोल्दै सहभागिले समयमा नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । बक्ताहरुले पार्टीमा आन्तरिक कलह व्यवस्थापन गरेर महाधिवेशन र निर्वाचनमा केन्द्रीत हुनुपर्ने अन्यथा पार्टी कमजोर हुने धारणा राखे ।

विशेष भेलामा सहभागिले चार वर्षको कार्यकाल पुरा भएकाले विधानको आडमा म्याद थप नगर्न पनि केन्द्रीय समितिको ध्यानाकर्षण गराए ।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि सहभागि भएका थिए । केन्द्रीय समितिको एक महिना लामो चलेको बैठकले कुनै निकास दिन नसकिरहेको अवस्थामा तल्लो तहदेखी नेतृत्वलाई महाधिवेशन गर्नका लागि दवाव सृजना गर्न दबाबमुलक कार्यक्रम हुदै आएका छन् ।

प्रकाशित मिति २०८२ कात्तिक ३० गते शनिबार ०८:०४
हजुरको प्रतिक्रिया