२०८३ साउन २१ गते बिहीबार

मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनामा सात अर्ब ३६ करोड ५८ लाख बराबरको मालवस्तु चीनबाट आयात

मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनामा सात अर्ब ३६ करोड ५८ लाख बराबरको मालवस्तु चीनबाट आयात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २ गते सोमबार ०८:१६

आठ करोड ३८ लाख बराबरको सामान नेपालबाट निर्यात

काठमाडौं ।

मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपैया बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ ।

रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल–चीन) लोमान्थाङ–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो ।

भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरेलगत्तै पूर्ण रुपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो । नेपाल–चीन कोरलानाकाबाट मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ३६ करोड बढीको मालवस्तु आयात हुँदा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

यसैगरी कोरलानाकाबाट चीनतर्फ रु आठ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।

मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट रु सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा रु तीन अर्ब ६२ करोड ६९ लाख बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताए ।

भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ । यसैगरी उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानीका साधनहरु भन्सार जाँचपास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरु निकासी भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ०८:१६
हजुरको प्रतिक्रिया