२०८३ साउन २१ गते बिहीबार

भक्तपुरबाट गएराति पक्राउ परेका दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतको अनुमति

भक्तपुरबाट गएराति पक्राउ परेका दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतको अनुमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०७:५७

पक्राउ विरोधमा उनका समर्थकहरु आन्दोलित

काठमाडौं ।

भक्तपुरबाट गएराति पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाण्डौले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रसाईंलाई भक्तपुरको सानोठिमी निवासबाट पक्राउ परेका थिए ।

उनलाई सार्वजनिक शान्ति–सुरक्षाविरुद्धको गतिविधिसम्बन्धी अनुसन्धानका लागि काठमाण्डौ प्रहरी परिसरमा राखिएको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीले आज जिल्ला प्रहरी परिसर पुगेर प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीसँग भेट गरेको छ ।

प्रहरी प्रतिवेदन अनुसार उनलाई आवश्यक कानूनी प्रक्रिया अनुसार पक्राउ तथा थुनुवा पुर्जी थमाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रसाईंलाई पक्राउ परेको विरोधमा उनका समर्थकले आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाण्डौ अगाडि विरोध प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०७:५७
हजुरको प्रतिक्रिया