२०८३ साउन २१ गते बिहीबार

प्रयोगविहीन वृद्धाश्रममा मानवसेवा आश्रम संचालन गरिने

प्रयोगविहीन वृद्धाश्रममा मानवसेवा आश्रम संचालन गरिने

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ मंसिर ४ गते बुधबार ०७:५५

दुई वर्षसम्म प्रयोगमा नआएको भवनका भित्ता उप्किने, भुइँबाट पानी निस्किने र पानीका ट्याङ्कीहरु बिग्रने समस्या आएको छ ।

बागलुङ ।

निर्माण भएको दुई वर्षसम्म संचालनमा आउन नसकेको वृद्धाआश्रममा मान सेवा आश्रम संचालन गरिने भएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा रु दुई करोड २६ लाख लगानीमा निर्माण भएको वृद्धाआश्रम संचालनमा नआउँदा जीर्ण बन्न थालेको थियो ।

अबको केही दिनमा उक्त वृद्धाआश्रममा मानव सेवा आश्रम बागलुङमा बस्दै आएका सहयोगापेक्षीलाई राखिने भएको हो ।

बागलुङ नगरपालिकाले परिवारबाट अपहेलनामा परेका जेष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले २०७८ सालमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धाश्रम निर्माण सुरु गरेको थियो ।

आश्रय लिनका लागि कोही पनि वृद्धवृद्धा नआएपछि आश्रम संचालनमा नआएको हो । वृद्धआश्रमलाई तीन वर्षका लागि मानव सेवा आश्रम संचालन गर्न दिनइने भएको छ ।

प्रयोगविहीन रहेको भवनमा मानव सेवा आश्रम संचालन गर्दा सहयोगापेक्षीका लागि ठूलो राहत मिल्ने छ । अहिले उक्त वृद्धाआश्रमको छेउमै मानव सेवा आश्रमको भवन निर्माण भइरहेको छ ।

निरयघाटमा जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा निर्माण गरिएको वृद्धाआश्रममा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्छा र डाइनिङसहित १४ कोठा छन् ।

दुई वर्षसम्म प्रयोगमा नआएको भवनका भित्ता उप्किने, भुइँबाट पानी निस्किने र पानीका ट्याङ्कीहरु बिग्रने समस्या आएको छ । अब मर्मत गरेर संचालनमा ल्याएपछि भवनको सही सदुपयोग हुने छ ।

मानवसेवा आश्रममा अहिले क्षमताभन्दा बढी सहयोगापेक्षीले आश्रय लिइरहेका छन् । पछिल्लो समय सडकपेटीमा भेटिएका नागरिकलाई उद्धार गरेर लिएपछि व्यवस्थापनमा समस्या हुँदै गएको थियो ।

अहिले ६७ जनाले आश्रमा आश्रय लिइ रहेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार ०७:५५
हजुरको प्रतिक्रिया