२०८३ साउन २१ गते बिहीबार

पोखरा गुदेतालमा कालिज फर्ममा छिरेको बयस्क चितुवाको सकुसल उद्धार

पोखरा गुदेतालमा कालिज फर्ममा छिरेको बयस्क चितुवाको सकुसल उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:४१

१० महिलना पहिले गएको माघ ५ गते पनि उक्त फर्ममा चितुवा छिरेको थियो ।

पोखरा ।

पोखरा महानगरपालिका २६ गुदेतालमा कालिज फर्ममा छिरेको बयस्क चितुवाको सकुसल उद्धार गरिएको छ ।

शनिबार बिहान फर्ममा काम गर्ने क्रममा चितुवा भेटिए पछि फर्म संचालकले प्रहरीलाई खबर रहेका थिए ।

चितुवाले २० वटा जती कालिज र कुखुरा मारेको फर्मका संचालक तेजबहादुर चालिसेले जानकारी दिए । डिभिजन बन कार्यालय कास्कीबाट खटिएको प्राविधिक टोलीले तीन घण्टा पछि चितुवाको सकुसल उद्धार गरेको हो ।

पशुचिकित्सक किशोर आचार्य नेतृत्वको टोलीले वेहोस पार्ने औषधीको प्रयोग गरी चितुवालाइ नियन्त्रणमा लिएको हो ।

हिउँदको सिजनमा पहाडी भेगमा बढी चितुवा देखिने गरेको र पछिल्लो एक महिनामा कास्कीका विभिन्न चारस्थानबाट चारवाटा चितुवाको उद्धार गरिएको आचार्यले जानकारी दिए ।

कालिज र कुखुरा रहेको फर्ममा चौतर्फी तारवारसहित जालीले ढाके पनि जालीमाथी चढेर चितुवा भित्र छिरेको हुनसक्ने बताए । उद्धार गरिएको चितुवालाई पोखरा ३१ पचभैयामा रहेको बन्यजन्तु उद्धार केन्द्रमा राखिने डिभिजन बन कार्यालयले जनाएको छ । फर्मका संचालक प्रकाश कोइरालाले यस पहिले पनि फर्ममा चितुवा पसी कालिज र कुखुरा मारेको बताए ।

१० महिलना पहिले गएको माघ ५ गते पनि उक्त फर्ममा चितुवा छिरेको थियो ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:४१
हजुरको प्रतिक्रिया