२०८३ साउन २१ गते बिहीबार

Untitled

Untitled

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०७:११

उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताएका छन् ।

आईतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका छन् ।

चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए ।

मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि उल्लेख गरे ।

उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०७:११
हजुरको प्रतिक्रिया