२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ९ गते सोमबार ०५:२६

उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् ।

काठमाडौं ।

मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन ।

सोमबार दिनभर प्रधानमन्त्रीलाई भेटनका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेदसमेत व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरु गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।

उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले समेत मोबाईल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेन–जी अभियन्ता सुशील बुढोथोकीले बताए ।

उनले भने,‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौं । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्युको फोन अफ भएपछि कसरी भेटने ?यसैका लागि फेरि आन्दोलन गर्ने कुरा भएन । नराम्रो सन्देश नजाओस । तर उहाँहरुले यो थाहा पाउनुहोस कि सबैलाई समेटेर युनाईटेड भएर आएको जेनजीलाई भेट्न दिनुभएन । कल अफ भयो । त्यसमा एकदमै नराम्रो छ । तर ठिक छ । सबै समूहसँग भेटनुपर्छ भन्ने सोचेर उहाँ प्रधानमन्त्री हुनु पर्दथ्यो । यस्ता कुराहरु सुन्ने शक्ति हुनुपर्दछ है ।’

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो ।

तर टेलिफोनसम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै आफूहरुको ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ ।

अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गरे ।

प्रकाशित मिति २०८२ मंसिर ९ गते सोमबार ०५:२६
हजुरको प्रतिक्रिया