२०८३ साउन २१ गते बिहीबार

त्रिविको सह–परीक्षा नियन्त्रक बन्न नक्कली पीएचडीको विवरण पेश, ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिविको सह–परीक्षा नियन्त्रक बन्न नक्कली पीएचडीको विवरण पेश, ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ११ गते बुधबार ०७:२३

त्यसमा ६ जनाको आवेदन परेकोमा एक जना छनोट गर्न तीन सदस्यीय समिति गठन भएको थियो ।

काठमाण्डौ

त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक छनोट समितिकी संयोजक प्रा. डा. जया लक्ष्मी प्रधान, सदस्यहरू प्रा. डा. मोतिलाल शर्मा, प्रा. डा.  मेघराज पोख्रेल र तत्कालीन सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विद्यावारिधि पीएचडी नै नगरी झुटो विवरण पेश गरी लाभ लिएको आरोपमा अख्तियारले चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सह–परीक्षा नियन्त्रक बन्न प्रसाईंले झुटो विवरण पेश गरेकोमा छनोट समितिका प्रधान, शर्मा र पोखरेलले झुटो विवरण स्वीकार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यसमा ६ जनाको आवेदन परेकोमा एक जना छनोट गर्न तीन सदस्यीय समिति गठन भएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर ११ गते बुधबार ०७:२३
हजुरको प्रतिक्रिया