काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् ।
शनिबार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्दै अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे ।
उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउँदै उनले आफूले हालसम्म कुनैपनि भ्रटाचार र अनियमितता नगरेको दाबी गरे ।
मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरुसहित भेटवार्ता गर्ने उनले जानकारी दिए ।
२२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउँदै उनले माग पूरा नभए आन्दोलन हुने बताए ।
आफ्नो माग नाजायज नरहेकोसमेत उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ मंसिर १४ गते शनिबार ०८:०२