२०८३ साउन २१ गते बिहीबार

महिलामाथि हुने यौन हिंसाको ९१ प्रतिशत घटना आफन्त तथा नातेदारबाट हुने नेपाल प्रहरीको तथ्यांक

महिलामाथि हुने यौन हिंसाको ९१ प्रतिशत घटना आफन्त तथा नातेदारबाट हुने नेपाल प्रहरीको तथ्यांक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १५ गते आइतबार ०७:३९

महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको जिकिर

काठमाडौं ।

नेपालको प्रहरीको तथ्याङ्क अनुसार महिलामाथि हुने यौन हिंसाको ९१ प्रतिशत घटना आफन्त तथा नातेदारबाट हुने गरेको पाइएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको वार्षिक तथ्यपत्र अनुसार ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको हो ।

तथ्यपत्र सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले घरेलु हिंसाको दर पनि अत्यधिक रहेकाले घरपरिवारबाट सुधार हुन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै उजुरी दिने क्रम पनि बढेको उल्लेख गरे ।

अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिनु चिन्ताजनक रहेको भन्दै प्रहरीका महानिरीक्षक कार्कीले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्य सामग्री राख्न जरुरी देखिएको जिकिर गरे ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गरिन् ।

अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उनले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताएकी छन् ।

प्रकाशित मिति २०८२ मंसिर १५ गते आइतबार ०७:३९
हजुरको प्रतिक्रिया