पोखरा
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले गरे ।
कार्यक्रममा आयोजक संघका अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी÷व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य बताए ।
उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथि ढकालले पर्यटकीय राजधानी पोखरामा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।
मसिंर २१ गतेसम्म चल्ने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरु प्रदर्शनसँगै उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी हुनेछ ।
प्रकाशित मिति २०८२ मंसिर १८ गते बुधबार ०४:५४




