काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताएकी छन ।
२२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यनले यस्तो बताएकी हुन ।
उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन । उपमेयर डंगोलले यमरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गरिन ।
उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गरिन ।
आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको यमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ ।
उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्ने बताएकी छन ।
प्रकाशित मिति २०८२ मंसिर १९ गते बिहीबार ०६:१८