काठमाडौं ।
पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार अपरान्ह महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता गरेका हुन् ।
जेन–जी आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन ।
नेपाली काँग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेन–जी आन्दोलन भएको थियो ।
जसका कारण ओली सत्ताच्युत भएका थिए भने काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण भएको थियो ।
साथै देउवा र ओलीको निवासमा आगजनी र तोडफोड भएको थियो ।
भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे ।
साथै दुई नेताहरुबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा पनि छलफल भएको छ ।
प्रकाशित मिति २०८२ मंसिर २० गते शुक्रबार ०५:२३