२०८३ साउन २१ गते बिहीबार

बायोडायनामिक प्रविधिमा कफी बगैचा व्यवस्थापन प्रयोगात्मक तालिम सञ्चालन

बायोडायनामिक प्रविधिमा कफी बगैचा व्यवस्थापन प्रयोगात्मक तालिम सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २४ गते मंगलबार ०८:१६

तालिममा सिकेको सिपले किसान र उपभोक्ता देखि सिंगो पर्यावरणलाई नै लाभदायक हुने गरि कफी उत्पादन गर्ने तर्फ उत्सुकता बढाएको प्रतिक्रिया दिए ।

पोखरा ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले आज बुधबार बायोडायनामिक प्रविधिमा आधारित कफी बगैचा व्यवस्थापन सम्बन्धी १ दिने प्रयोगात्मक तालिम सञ्चालन गरेको छ ।

कफी खेतीमा जैविक मल, औषधी तथा पद्वतीको प्रयोगका लागि किसानलाई बायोडायनामिक प्रविधिमा आधारित सीप प्रदान गर्न तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

तालिममा बायोडाइनामिक खेती प्रशिक्षक महेन्द्र कुमार श्रेष्ठले जैविक प्रविधिबाट कफी बगैचा व्यवस्थापन, रोगकिरा व्यवस्थापन, चिसो मौषममा कफी बगैचाको हेरचाह लगायतका विषयमा सहजीकरण गरे ।

कार्याक्रममा अष्ट्रेलियामा बायोडायानामिक खेती गर्दै आएका बगैंचा प्रशिक्षक पिटर कारनीले वातावरणमैत्री कृषिबारे आफ्ना अनुभवहरु सुनाए । तालिममा कास्की, तनहुँ, स्याङ्जा, गुल्मी लगायतका जिल्लाबाट कफी खेती गर्ने कृषकहरु सहभागी थिए ।

तालिममा सिकेको सिपले किसान र उपभोक्ता देखि सिंगो पर्यावरणलाई नै लाभदायक हुने गरि कफी उत्पादन गर्ने तर्फ उत्सुकता बढाएको प्रतिक्रिया दिए ।

अन्तराष्ट्रिय बजारमा स्वस्थ तथा गुणस्तरीय कफीको माग उच्च भएकाले जैविक पद्वतीमा आधारित तालिम सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति २०८२ मंसिर २४ गते मंगलबार ०८:१६
हजुरको प्रतिक्रिया