२०८३ साउन २१ गते बिहीबार

आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी

आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २७ गते शुक्रबार ०७:५९

आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने नवनियुक्त श्रममन्त्री राजेन्द्रसिंह भण्डारीको दाबी, संगठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा

काठमाडौं ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे ।

स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि जिकिर गरे ।

मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर २७ गते शुक्रबार ०७:५९
हजुरको प्रतिक्रिया