२०८३ साउन २१ गते बिहीबार

पोखरामा आगामी फागुनमा धनबहादुर गुरुङ सांगीतिक साँझ हुँदै

पोखरामा आगामी फागुनमा धनबहादुर गुरुङ सांगीतिक साँझ हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ३ गते बिहीबार ०८:२१

साथै कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।

पोखरा ।

पोखरामा आगामी फागुनमा धनबहादुर गुरुङ सांगीतिक साँझ हुने भएको छ ।

तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा फागुन ३ गते पोखरा रंगशालामा सांगितिक साँझ हुने भएको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

उक्त कार्यक्रमका संयोजक गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपाली गीत–संगीत क्षेत्रमा कालजयी, कर्णप्रिय र सन्देशमूलक सिर्जनामार्फत राष्ट्रको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको उच्च कदर गर्दै यो कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।

उक्त सांगीतिक कार्यक्रम सम्पन्न गर्न १७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

साथै कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । उक्त बचत रकमबाट पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरिने समितिले उल्लेख गरेको छ ।

कार्यक्रमले एक व्यक्तिको सम्मान मात्र नगरी तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवद्र्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास आयोजकले विश्वास लिएको छ ।

संघले यस ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति २०८२ पुस ३ गते बिहीबार ०८:२१
हजुरको प्रतिक्रिया