पोखरा ।
नेकपा एमालेका सचिव खगराज अधिकारीले एमाले निर्वाचनबाट नभागेको दाबी गरेका छन् ।
पोखरामा आइतबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका सचिव अधिकारीले भयरहित र निष्पक्ष भए एमाले निर्वाचनमा भाग लिन तयार गरेको उद्धोष गरे ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन नहुने अधिकारीले दाबी गरे ।
चुनाव हुने गरी सरकारल अगाडि नबढेको उनको जिकीर थियो ।
भदौ २३ र २४ गते भएको आन्दोलनलाई इजरायलको अनुसन्धानले ‘फेक’ र अमेरिकाको अनुसन्धानले ‘प्रिप्लान’ भनेको अधिकारीले उल्लेख गरे ।
शुशिला कार्की असंवैधानिक बाटोबाट प्रधानमन्त्री बनेको उनले आरोप लगाए । संसद विघटन असंवैधानिक भएको र त्यसलाई पुनःस्थापना गर्नुपर्नेमा अधिकारीले जोड दिए ।
प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार ०७:५९