पोखरा ।
पोखरामा रहेको लालिगुराँस एशोसिएसन क्लबले पुस २५ गतेदेखि हुने एन्फा राष्ट्रिय लिग फुटबल खेल्दैछ ।
हेटौंडामा गत कार्तिकमा भएको एन्फा प्रेसिडेन्ट कपको उपाधि जित्दै लालिगुराँस एन्फा लिगमा छनोट भएको हो ।
यो सहभागिता क्लबको यात्रा र प्रतिनिधित्व मात्र नभई कास्की, गण्डकी प्रदेशको पहिचान र फुटवल संस्कृतिको प्रतिनिधित्व रहेको क्लबका अध्यक्ष डम्मरजंग गुरुङले जानकारी दिए ।
लिगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने भएकाले स्तर अझ उच्च हुने गुरुङले बताए । राष्ट्रिय लिगको विजेताले नगद ५० लाख, उपविजेताले नगद २५ लाख तथा तृतीय स्थान हासिल गर्ने क्लबले नगद १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
२०६९ सालदेखि औपचारिक रुपमा दर्ता भएको यस क्लबले फुटबलसँगै विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । राष्ट्रिय लिगमा सहभागिता जनाउँदा करिब १ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
क्लबले आफ्नो यात्रामा आर्थिक, नैतिक तथा संस्थागत सहयोग गर्नसमेत अपिल गरेको छ ।
प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार ०८:०३