२०८३ साउन २१ गते बिहीबार

उर्जामन्त्री घिसिङ भन्छन् आगामी निर्वाचनबाट सक्षम नेतृत्व आउन आवश्यक छ

उर्जामन्त्री घिसिङ भन्छन् आगामी निर्वाचनबाट सक्षम नेतृत्व आउन आवश्यक छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १३ गते आइतबार ०७:५९

सहिव्यक्तिहरुको नेतृत्व संसद र सरकारमा हुने गरी चुन्न उनले मतदातालाई आग्रह गरे ।

पोखरा ।

भौतिक पूर्वाधार तथा उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आगामी निर्वाचनबाट सक्षम नेतृत्व आउन आवश्यक रहेको बताएका छन् ।

पोखरामा सडक महोत्सवको उद्घाटन गदैँ घिसिङले फागुन २१ मा निर्वाचन हुनै पर्ने बताउदै चुनाव हुन नसके देश अस्थिरता तर्फ जाने जिकिर गरे ।

सरकारको मुख्य काम चुनाव गराउनु रहेको उनले भनाइ छ । चुनावले देशलाई स्थिरता तिर लैजाने उनको विश्वास छ । चुनाव पछिको सरकार कस्तो आउने भन्ने कुरा महत्वपूर्ण भएको मन्त्री घिसिङको तर्क छ ।

सहिव्यक्तिहरुको नेतृत्व संसद र सरकारमा हुने गरी चुन्न उनले मतदातालाई आग्रह गरे ।

मन्त्री घिसिङले राजनीतिक परिवर्तन धेरै देखिएको र अब आर्थिक परिवर्तन हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति २०८२ पुस १३ गते आइतबार ०७:५९
हजुरको प्रतिक्रिया