२०८३ साउन २१ गते बिहीबार

मुलुक पूर्ण रूपमा निर्वाचनमा गइसकेको सञ्चारमन्त्री जगदीश खरेलको दाबी

मुलुक पूर्ण रूपमा निर्वाचनमा गइसकेको सञ्चारमन्त्री जगदीश खरेलको दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १३ गते आइतबार ०८:०५

राजनीतिक दल बिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको उल्लेख

पोखरा ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनमा गइसकेको बताएका छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रमुख तिन राजनीतिक दल बिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरे ।

उनले दल र जेनजीहरुसँग सघन वार्ता गरि निर्वाचनमा जाने ठोस सहमति भई आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनमय भएको र अब कोही पनि पछि हट्ने अवस्था नभएको जिकिर गरे ।

राजनीतिक दलहरू समानुपातिक बन्द सूची तयार गर्न र गठबन्धन निर्माणमा जुटिसकेको मन्त्री खरेलको भनाई छ ।

फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम र मानक स्थापित हुने र निर्वाचनमार्फत आउने नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा बौल्दै मन्त्री खरेलले युट्युब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियाहरू नै अबको देशको नयाँ मूलधारको मिडिया भएको बताउदै नियमावली संशोधन गरेर दर्ता र सूचीकरणको प्रक्रियामा ल्याइने बताए ।

प्रकाशित मिति २०८२ पुस १३ गते आइतबार ०८:०५
हजुरको प्रतिक्रिया