२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय असहमत

पोखरा महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय असहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २८ गते सोमबार ०७:०७


सोमबार हुने भनिएको महानगर र स्थानीयबिचको छलफल पनि असफल

पोखरा ।

फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने पोखरा महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयले असहमती राखेका छन् ।

सोमबार महानगर र स्थानीयबिच हुने भनिएको छलफल पनि सफल हुन सकेन । पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा छलफल गर्ने भनिए पनि वार्ता बस्दै नबसी स्थानीय घर फर्केका छन् ।

छलफलका लागि भन्दै दुइ बसमा स्थानीय नगरविकासको कार्यालय आइपुगेका थिए । पोखरा ३३ का स्थानिय पुँडीटारमा फोहोर प्रशोधन केन्द्र बनाउने भनेदेखि नै विरोधमा छन् ।

छलफलका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कार्यालयमा पुगे पनि स्थानीयहरु छलफलमा बस्न मानेन् । स्थानीयको तर्फबाट छलफलमा बस्ने व्यक्तीको वारेमा सहमती हुन नसके पछि छलफल सुरुनै हुन सकेन ।

स्थानीयले सबैजना छलफलमा सहभागी हुन पाउनुपर्ने माग गरेका थिए । महानगरको तर्फबाट भने सबै जनालाई सहभागी गरेर वर्ता गनै नसकिने जवाफ पाए पछि स्थानीय फर्केका हुन् ।

सरोकारवालाहरुलाई थाहा नै नदिइकन फोहोर प्रशोधन केन्द्र निमार्णको निर्णय भएको भन्दै स्थानीय नारायणदत्त अधिकारीले फोहोर प्रशोधान केन्द्र बन्न नसक्ने बताए । बारम्बार आवाज उठाउँदा पनि आफ्नो मागको सुनुवाइ नभएको भन्दै उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए ।

सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन थालेका थिए । वडाध्यक्षले खुकुरी देखाए पछि वडाकार्यालयमा तनाब भएको थियो ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार ०७:०७
हजुरको प्रतिक्रिया