२०८३ साउन २१ गते बिहीबार

म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जनाको उम्मेदवारी

म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जनाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०८:१२

मनोनयपत्र दर्ताका लागि पुगेका उम्मेदवारले आफ्नो विजय निश्चित भएको बताएका थिए ।

म्याग्दी ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजे सम्मको समयभित्र स्वतन्त्र र विभिन्न दलबाट दिइएको छ । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी केबी नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यूवराज रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुबेदी,नेकपा (माओवादी केन्द्र) बाट क्षेत्रबहादुर घिमिरे धुब्र रहेका छन् ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रि«य जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नविन जिसी रहेका छन् । मनोनयनदर्ताका लागि सबैभन्दा पहिला स्वतन्त्रबाट महावीर पुनले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

म्याग्दीमा यसपटक राजनीतिक दलसँगै स्वतन्त्रबाट चुनावी मैदानमा देखिनुभएका महावीर पुनको उपस्थितीले महालो रोचक बन्ने निश्चित छ । मनोनयपत्र दर्ताका लागि पुगेका उम्मेदवारले आफ्नो विजय निश्चित भएको बताएका थिए ।

मुख्य दलहरु हुने गरेको प्रतिस्पर्धामा यसपटक नयाँ दलसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले समेत माहोल बढ्दै गएको छ । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०८:१२
हजुरको प्रतिक्रिया