२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँबाट २८ जनाको उम्मेदवारी

प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँबाट २८ जनाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ७ गते मंगलबार ०८:१६

तनहुँ –२ मा नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरीको उम्मेदवारी दर्ता भएको छ ।

तनहुँ ।

प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँबाट २८ जनाको उम्मेदवारी परेको छ ।

तनहुँमा स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ –१ मा १६ र २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २०८० को उपनिर्वाचनमा जित हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले पनि तनहुँ–१ नै आएर उम्मेदवारी दर्ता गराए ।

त्यतिबेला स्वर्णिमका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले पनि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा दोस्रो भेट तय गरेका छन् । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले उम्मेदवारी प्रस्तुत गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, उज्यालो नेपाल पार्टीका मन्जिल रानाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी पनि तनहुँ–१ आएका छन् ।

श्रम संस्कृतिबाट काशीराम गुरुङले मनोनयन दर्ता गराएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, नेशनल रिपब्लिक नेपालका सुमन थापाले उम्मेदवारी दर्ता गराएका हुन् । लेखनाथ खनाल, सन्देश रानाभाट लौडारीले स्वतन्त्र उम्मेदवारी दिए । तनहुँ–२ मा १२ जनाले उम्मेदवारी दिएका छन् ।

रास्वपाका इञ्जिनियर श्रीराम न्यौपानेले उम्मेदवारी दर्ता गराए । तनहुँ –२ मा नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरीको उम्मेदवारी दर्ता भएको छ ।

उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गराए । नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा (माओबादी) का गणेश लामगादे, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामे र नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०८:१६
हजुरको प्रतिक्रिया