२०८३ साउन २१ गते बिहीबार

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १२ गते आइतबार ०७:०७

कालिगण्डकी गाउँपालिका स्याङजाका अध्यक्ष खिमबहादुर थापा प्रतिनिधि सभाको उम्मेदवार बने पछि मतदानमा सहभागि भएनन् ।

पोखरा ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना र महिला कलष्टरबाट एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।

तिमिल्सिनाले ५ हजार ३३ मतभार पाए । भने देवकोटार्ले ५ हजार १४ मत प्राप्त गरिन् । महिला तर्फ तर्फ नेपाली कम्युनिष्ट पार्टीका गोमा घिमिरेले ५ सय ७० मतभार र राष्ट्रिय जनमोचाबाट लक्ष्मी बास्कोटा ४४७ मतभार प्राप्त गरिन् ।

महिला तर्फको ५ वटा मतपत्र बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । अन्य तर्फ नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९ सय ४१ र रष्ट्रिय जनमोर्चाका शंकर बरालले ७६ मतभार प्राप्त गरे । पुरुष तर्फ ३ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकीमा यस निर्वाचनका लागि कुल २ सय २८ मतदाता थिए । मतदानमा प्रदेश सभाका ५९ प्रदेश सभा सदस्यमा ५७ र स्थानीय तहका १ सय ७० मतदातामध्य १६६ गरी जम्मा २ सय २३ जनाले मतदान गरेका थिए । राप्रपाका २ जना सांसद मतदानमा सहभागि भएनन् ।

नेपाली कांग्रेबाट निर्वाचित मनाङको नाफूभुमी गाउँपालिका अध्यक्ष कोन्जो तेन्जीङ्ग लामा मनाङ र वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारी उपस्थित भएनन् ।

कालिगण्डकी गाउँपालिका स्याङजाका अध्यक्ष खिमबहादुर थापा प्रतिनिधि सभाको उम्मेदवार बने पछि मतदानमा सहभागि भएनन् । भ

ने बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली सहकारीको रकम अपचलन मुद्धा पछि निलम्बित छन् ।

प्रकाशित मिति २०८२ माघ १२ गते आइतबार ०७:०७
हजुरको प्रतिक्रिया